दफा ३
पीडित नमानिने
(१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायकोअवस्थामा कुनै व्यक्तिलाई क्षति पुगेमा वा निजको मृत्यु भएमा त्यसरी क्षति पुगेको वामृत्यु भएको व्यक्ति वा निजको परिवारको सदस्यलाई यस ऐनको प्रयोजनको लागि पीडितमानिने छैन :-
(क) प्रचलित कानून बमोजिम निजी रक्षा अन्तर्गत आफ्नो वा अरु कसैकोजीउ, ज्यान, सम्पत्ति वा सतित्वको रक्षा गर्ने सिलसिलामा कुनै कार्य गर्दा,
(ख) अधिकार प्राप्त अधिकारीको आदेश बमोजिम खटिएको वा तैनाथ रहेकोसुरक्षाकर्मीले आफ्नो कर्तव्य पालनाको सिलसिलामा प्रचलित कानूनबमोजिम कुनै कार्य गर्दा,
(ग) प्रचलित कानून बमोजिम अनुसन्धान गर्ने अधिकार पाएको अनुसन्धानअधिकारीले आफ्नो अधिकार क्षेत्रभित्र रही अनुसन्धानको सिलसिलामा कुनैकार्य गर्दा,
(घ) प्रचलित कानून बमोजिम आपराधिक दायित्व बहन गर्नु नपर्ने अवस्थामाभएको कुनै कार्य,
तर पीडकको उमेर, मानसिक अस्वस्थता, कुटनीतिक उन्मुक्ति वापदीय आधारले प्राप्त उन्मुक्तिको परिणाम स्वरुप पीडकको आपराधिकदायित्व बहन गर्न नपर्ने भएमा पनि यस ऐनको प्रयोजनको लागि त्यस्तोव्यक्तिले कसूर गरेको मानिने र कसूरका कारण सम्बन्धित व्यक्तिलाईपीडित मानिनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफामालेखिएको अवस्थाबाट क्षति पुगेको वा मृत्यु भएको व्यक्तिलाई नेपाल सरकारबाट राहतप्रदान गर्न यस ऐनमा लेखिएको कुनै कुराले बाधा पर्ने छैन ।